Mansara

‘नेपाल फिल्म अवार्ड’को घोषणा

२०७६ श्रावन १६
‘नेपाल फिल्म अवार्ड’को घोषणा

‘नेपाल फिल्म अवार्ड – २०७६’ आयोजना गरिने भएको छ । बलामी इन्टरटेनमेन्ट अन्तर्गतको नेफा मिडिया ग्रुपले अवार्डको आयोजना गर्न लागेको हो । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र अवार्डको औपचारिक घोषणा भएको छ ।

२१ जना चलचित्र पत्रकारहरु संलग्न रहेको आयोजक कमिटीले चलचित्र बिकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकासँग आयोजनाको लागि सहकार्य गरेको जनाएको छ ।

अवार्डमा पपुलर तर्फ ५ र निर्णायक अधिकार तर्फ १४ विधा रहने जनाइएको छ भने आयोजकको निर्णयबाट बरिष्ठ चलचित्रकर्मी मध्ये एकलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । पपुलर तर्फको अवार्ड दर्शक भोटिङको आधारमा तय गरिने जनाइएको छ । पपुलर विधा अन्तर्गत चलचित्र, अभिनेता, अभिनेत्री, महिला गायिका र पुरुष गायक रहेका छन् । यस्तै निर्णायकको अधिकार क्षेत्र तर्फ चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, नवनिर्देशक, नवअभिनेता, नवअभिनेत्री, सहायक भूमिका, सम्पादक, ध्वनि मिश्रण, पटकथाकार, छायाँकार, संगीतकार, र आदिवासी जनजाति चलचित्र समावेश गरिएको छ ।

नेफा मिडिया ग्रुपद्वारा जारी कार्यविधि अनुसार संचालन हुने नेपाल फिल्म अवार्डको ट्रफीमा ३५ तोलादेखि ५० तोलासम्म चाँदी समावेश हुने बताएको छ । लाइफटाइम एचिभमेन्टको ट्रफीमा १ तोला सुन र १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष समिर बलामीले जनाएका छन् । पहिलो संस्करणको निर्णायक समितिमा निर्माता/निर्देशक आकाश अधिकारी, निर्देशक तथा संचारकर्मी फुलमान वल, छायाँकार विष्णु कल्पित, कलाकार सरिता लामिछाने र निर्देशक/कलाकार अनुप बराल छन् ।

Mahajatra