नेपाल सर्ट फिल्म अवार्ड सम्पन्न

चौथो नेपाल सर्ट फिल्म अवार्ड २०२३ सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतित्थ्यतामा राजधानीमा सम्पन्न अवार्ड समारोहमा बिभिन्न ७ बिधाका उत्कृष्टलाई अवार्ड प्रदान गरिएको छ ।
अवार्डका लागि बरिष्ठ अभिनेता बिरेन्द्र हमाल, चर्चित निर्देशक दिनेश राउत, चर्चित कलाकारद्वय आर्यन सिग्देल र तेज गिरीको जुरी कमिटीले बिभिन्न बिधामा सर्वोत्कृष्टको छनौट गरेको थियो । ५० भन्दा बढी सर्ट फिल्महरु सहभागी भएको अवार्डमा सांगीतिक देखि डकुमेण्ट्री जनरा सम्मका सर्ट फिल्हरुले सहभागीता जनाएको कार्यक्रम संयोजक बालकृष्ण पोखरेलले जानकारी दिएका छन् ।
अवार्डमा उत्कृष्ट सर्ट फिल्मको अवार्ड संघर्षले प्राप्त ग¥यो भने उत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड दुर्गामाण्डुबाट माधवराज खरेलले प्राप्त गरे । यस्तै कहानी एकादेशकोबाट सागर लम्सालले सर्ट फिल्म अभिनेताको अवार्ड, प्रवासी जीवनबाट सरिता लामिछानेले सर्ट फिल्म अभिनेत्रीको अवार्ड, संघर्षबाट प्रेम पाण्डेले सर्ट फिल्म चरित्र अभिनेताको अवार्ड, संघर्षबाटै शाहिल खानले सर्ट फिल्म सम्पादकको अवार्ड र अ हिडन लाइफबाट राजन खरेलले सर्ट फिल्म छायाँकारको अवार्ड प्राप्त गरे ।

Latest Updates
-
‘वसन्त’को गीत ‘बिना स्वादैको’ म्युजिक ट्रेन्डिङको शिर्ष स्थानमा
-
‘मितज्यू’बाट चलचित्रमा डेब्यु गर्दै तेरिया, अभिनेतामा दयाहाङ
-
चलचित्र ‘राजागंज’को सेन्सर पास, सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट
-
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
New Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral
Next Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma