सुर्य ईन्टरनेशनल अवार्ड सम्पन्न : अनमोल र साम्राज्ञी उत्कृष्ट, पल र पुजा पपुलर

सुर्य ईन्टरनेशनल अवार्ड २०१८ सम्पन्न भएको छ । जापानको टोकियो स्थित नाकानो जिरो हलमा सम्पन्न अवार्ड समारोहमा कुल १६ बिधामा अवार्ड प्रदान गरिएको छ । यसअघि १२ बिधामा मात्र अवार्ड वितरण गर्ने भनिएको भएपनि एकाएक ४ बिधा थप गरि १६ बिधामा अवार्ड वितरण गरिएको हो ।
अवार्ड समारोहमा पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई लाईफ टाईम अचिभमेन्ट अवार्ड २०१८ अर्पण गरिएको छ भने अभिनेता भुवन केसीलाई सुर्य कलाकरिता सम्मान २०१८ अर्पण गरियो । यस्तै पत्रकार समिप्यराज तिमल्सेनालाई नगद २५ हजार जापानिज येन सहित सुर्य चलचित्र पत्रकारिता २०१८ बाट पुरस्कृत गरिएको छ भने फोटो पत्रकार श्रीधर पौडेललाई पनि नगद १५ हजार सहित फोटो पत्रकारिता पुरस्कृत प्रदान गरिएको छ ।
पूर्व निर्धारित ६ बिधामा ४ बिधा थप गरि चलचित्रका तर्फ १० र संगीततर्फ ६ बिधामा अवार्ड प्रदान गरियो । थप गरिएको मास पपुलर तर्फको ४ बिधामा अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाह उत्कृष्ट नायक नायिका घोषित भए भने शत्रुगतेबाट प्रदिप भट्टराई उत्कृष्ट निर्देशक र छक्का पञ्जा २ उत्कृष्ट चलचित्र घोषित भएका छन् ।
यस्तै पूर्व निर्धारित पपुलर ६ बिधा तर्फ भने म यस्तो गीत गाउँछु बाट पल शाह र पुजा शर्मा पपुलर नायक, नायिका घोषित भएका छन् । यस्तै सोही फिल्म पपुलर र यसैका निर्देशक सुदर्शन थापा पपुलर निर्देशक घोषित भए ।
पपुलर तर्फको अवार्ड भोटका आधारमा प्रदान गरिएको जनाइएको छ भने उत्कृष्ट तर्फको अवार्ड आयोजक टिमको निर्णयका आधारमा प्रदान गरिएको बताइएको छ ।
यस्तो छ विजेताको विवरण
मास पपुलर तर्फ
सूर्य बेष्ट एक्टर : अनमोल केसी : कृ
सूर्य बेष्ट एक्ट्रेस : साम्राज्ञी राज्य लक्ष्मी शाह : ए मेरो हजुर २
सूर्य बेष्ट टिम डाईरेक्टर : शत्रु गते : प्रदीप भट्टराई
सूर्य बेष्ट फिल्म : छक्का पञ्जा – २
पपुलर ६ बिधा तर्फ
बेष्ट पपुलर एक्टर अफ दि ईयर : पल शाह : म यस्तो गीत गाउँछु
बेष्ट पपुलर एक्टर अफ दि ईयर : पूजा शर्मा : म यस्तो गीत गाउँछु
बेष्ट पपुलर फिल्म अफ दि ईयर : म यस्तो गीत गाउँछु
बेष्ट डिरेक्टर पपुलर अफ दि ईयर : सुर्दशन थापा म यस्तो गीत गाउँछु
सपोर्टिङ एक्टर फिमेल : बर्षा राउत छक्का पञ्जा- २
सपोर्टिङ एक्टर मेल : प्रशान्त ताम्राकार : ऐश्वर्य
पप सिंगर मेल : कमल खत्री
पप सिंगर फिमेल : ईन्दिरा जोशी
मोर्डन सिंगर फिमेल : मेलिना राई
मोर्डन सिंगर मेल : राजेश पायल राई
उत्कृष्ट लोक गायिका : सम्झना लामिछाने
उत्कृष्ट लोक गायक : रामजी खाँड

Latest Updates
-
‘वसन्त’को गीत ‘बिना स्वादैको’ म्युजिक ट्रेन्डिङको शिर्ष स्थानमा
-
‘मितज्यू’बाट चलचित्रमा डेब्यु गर्दै तेरिया, अभिनेतामा दयाहाङ
-
चलचित्र ‘राजागंज’को सेन्सर पास, सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट
-
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya