अमेरिकामै गरियो ‘अमेरिकन बाबु मेड इन नेपाल’को प्रिमियर

चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’को प्रिमियर गरिएको छ । विदेश बस्ने नेपालीको कथाव्यथामा निर्माण भएको जनाइएको चलचित्रको प्रिमियर पनि बिदेशमै गरिएको हो । अमेरिकाको न्यूयोर्कमा चलचित्रको प्रिमियर गरियो । चलचित्र अमेरिकामा नै खिचिएको हो ।
प्रिमियर शोमा कलाकार तथा प्राविधिकलाई कार्यक्रममा ल्याउनका लागि विशेष प्रकारको ठुलो लिमो कारको व्यवस्था गरिएको थियो ।
निर्देशक इश्वर थापाले रेडकार्पेटमा दर्शक तथा आगन्तुक पाहुनालाइ स्वागत गरेका थिए । उनले अमेरिकामा कुनै पनि नेपाली चलचित्रको रेडकार्पेट प्रिमियर गरिएको यो नै पहिलो भएको दाबी समेत गरे । प्रिमियरमा विशेष अतिथिका रुपमा नेपाल सरकारका वाणिज्यदूत कृषु क्षेत्री उपस्थित थिए । उनले चलचित्र हेरिसकेपछि अमेरिकामा रहेका नेपालीहरुको यथार्थ चित्रण गर्न सफल भएको प्रतिक्रिया दिएका छन् ।
चलचित्रमा प्रायः नेपाल बाहिर बसोबास गरिरहेका कलाकारको अभिनय रहेको छ । चलचित्रमा नन्दिता केसी, बाबु बोगटी, स्मृति पोखरेल, इशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, क्रिश थापा, जांगु शेर्पा लगायतका कलाकारको अभिनय रहेको छ । यस्तै शम्भु मोक्तानको छायाँकन रहेको चलचित्रमा जगदिश समाल मगर, बाबु बोगटी, अन्जना गुरूंग, सविता स्रेष्ठ र मिलन अमात्यले पाश्र्व गायन गरेका छन् ।

Latest Updates
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya