चलचित्र प्रसादको थीम गीत ‘लै लै’ सार्वजनिक

चलचित्र प्रसादको ‘लै लै’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । मंगलबार साँझ चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
चलचित्रको थीम दर्शाउने गरि केही भिज्वयल र तस्विरहरु प्रयोग गर्दै लिरिकल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीत मार्मिक लाग्छ ।
अन्तरजातिय विवाह गरेको निःसन्तान दम्पत्ति बीचको माया र सम्बन्धको कथालाइ चलचित्रले भन्ने छ । गीत त्यो कुरा दर्शाउन सफल भएको छ । गीतले जीवनका आरोह अवरोहलाई देखाउन सफल छ । गीतमा विपिन कार्कीलाई दर्जीको भुमिकामा देखाइएको छ भने नम्रता श्रेष्ठउनको श्रीमतिको भुमिकामा देखिएकी छिन । गीतमा नम्रतासँगको एक दृष्यमा अटाएका निश्चल बस्नेतको भुमिका भने खुल्न सकेको छैन ।
यसका शव्द निकै पावरफूल छन् भने संगीतकार सुभाष भुषालको काम पनि उत्कृष्ट लाग्छ । केतन क्षेत्रीको स्वर रहेको गीतलाई गणेश शाहीले लेखेका हुन ।
चलचित्रमा शिव बिकको कोरियोग्राफी, राजेश श्रेष्ठको छायाँकन र सुशिल पौडेलको लेखन रहेको छ । चलचित्र पत्रकार सुशिलले यसै चलचित्रबाट लेखनमा पनि हात हालेका हुन । विकास सुबेदी चलचित्रका एसोसियट निर्देशक हुन ।
सुवास थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा सुवास थापाको लगानी रहेको छ । मंसिर २१ गतेबाट रिलिज हुने चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हन् ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri