Mansara

चलचित्र ‘दि ब्रेकअप’को पोष्टर सार्वजनिक

२०७५ कार्तिक २२

चलचित्र ‘दि ब्रेकअप’को पोष्टर सार्वजनिक गरिएको छ । पौष २७ लाई प्रदर्शन मिति तय गरेको चलचित्रले तिहारको अवसर पारि पोष्टर सार्वजनिक गरेको हो ।

हेमराज बिसी निर्देशित चलचित्रको सार्वजनिक पोस्टरमा आशिरमान देशराज जोशी र शिल्पा मास्के रोमान्टिक मुडमा प्रस्तुत भएका छन । यि दुईका अलवा चलचित्रमा इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाललगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा नरेन्द्र मैनालीले छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीकै लगानी रहेको छ । नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको चलचित्रको कथा निर्देशक बिसीकै हो ।