चलचित्र छिरिङ्गको ट्रेलर रिलिज, बहुपति प्रथा नै चलचित्रको कथा
गायक टर्न नायक यश कुमारको डेव्यु निर्देशन रहेको चलचित्र छिरिङ्गको अफिसियल ट्रेलर रिलिज गरिएको छ । आइतवार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
गायक टर्न नायक निमा रुम्वा र यश कुमारका साथै यसै चलचित्रबाट डेव्यु गरेकी कामना भुजेलको मुख्य भुमिका रहेको ट्रेलर एक्सन प्रदान रहेको छ । ३ मिनेट ७ सेकेण्ड लामो ट्रेलर प्रेम र द्वन्द्वले भरिएको छ । ट्रेलरका आधारमा भन्ने हो भने चलचित्रको मेकिङ उच्च देखिन्छ । उपल्लो मुस्ताङमा चलचित्र खिचिएको छ ।
बहुपति प्रथामा आधारित चलचित्रमा एक युवतीका दुई श्रीमान विचको द्वन्द्व हावी छ । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यश र याम थापाले संयुक्त रुपमा लेखेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।
चलचित्र आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ । सोही मितिमा अन्य दुई चलचित्रहरु पनि रिलिज हुँदैछन् । निर्देशक यशकुमारका अनुसार आफुहरुले असोज १२ गतेको मिति तय गर्दा गर्दा उक्त दिन अरु चलचित्र प्रदर्शन हुने कुरै थिएन तर साढेको जुधाई बाच्छाको मिचाईमा आफु परेको उनले आरोप लगाए । वितरकहरुले अन्य चलचित्रका निर्मातालाई उचालेर सोही मितिमा प्रदर्शन गर्न लगाएको उनको भनाई छ ।

Latest Updates
-
-
-
‘वसन्त’को गीत ‘बिना स्वादैको’ म्युजिक ट्रेन्डिङको शिर्ष स्थानमा
-
‘मितज्यू’बाट चलचित्रमा डेब्यु गर्दै तेरिया, अभिनेतामा दयाहाङ
-
चलचित्र ‘राजागंज’को सेन्सर पास, सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट
-
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya