Mahajatra

रिलिज मिति तय गर्दै चलचित्र ‘भिलेन’को पोष्टर सार्वजनिक

२०७५ कार्तिक १९
रिलिज मिति तय गर्दै चलचित्र ‘भिलेन’को पोष्टर सार्वजनिक

पौष २७ गतेलाई प्रर्दशन मिती तय गर्दै चलचित्र ‘भिलेन’को पोष्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएका दुई पोष्टरमा अभिनेता निखिल उप्रेतिलाई मात्र देखाईएको छ । चलचित्रमा निखिलका अलवा शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

देबेन्द्र पाण्डेको निर्देशनमा बनेको चलचित्रका प्रस्तुतकर्ता कपिल खत्री हुन । द ग्लोबल पिक्र्चस प्रा.लि.को ब्यानरमा बनेको चलचित्रमा बलबहादुर श्रेष्ठ सितल निर्माता, दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माता र राजकुमार श्रेष्ठ सह निर्माता रहेका छन् ।

मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा सौरभ लामा र मदन कस्यप घिमिरेको छायाँकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, बसन्त सापकोटा, बाबु गिरि र लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व, दिपेन्द्र तिमल्सिना र दिपक श्रेष्ठको कोरीयोग्राफी रहेको छ ।