नेपाल युरोपियन युनियन चलचित्र महोत्सव हुने
नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव २०२१ (नियुफ) हुने भएको छ । कोरोना कहरका बिच हुन लागेको महोत्सव भौतिक रुपमा नभई भर्चुअल स्ट्रिमिङ प्लाटफर्म ‘फेस्टिभल स्कोप’ मार्फत गरिने आयोजक नेपालका लागि युरोपियन युनियनको डेलिगेशनले जनाएको छ ।
दशौँ संस्करणको यो महोत्सव असोज १ देखि ९ सम्म चल्नेछ । विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ चलचित्रको साथै अन्य २४ चलचित्रहरू प्रदर्शन गरिने छन ।
महामारीका कारण सांस्कृतिक गतिविधिहरूलाई ठप्प रहेको उल्लेख गर्दै नेपालका लागि युरोपियन युनियनको डेलिगेशनको कार्यवाहक राजदूत स्टेफेन माइकनले नेपाल तथा युरोपियन युनियनबीचको सांस्कृतिक आदानप्रदान तथा फ्यूजनको प्रवद्र्धनका लागि केही उत्कृष्ट नेपाली तथा युरोपेली चलचित्रहरूको अनलाइन प्रदर्शनी हुने जनाएका छन् । महोत्सवमा कुल ३९ चलचित्र प्रदर्शन गरिने छ ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev