अमेरिकामा ‘न्यू इयर वीथ कालिप्रसाद बास्कोटा’
अमेरिकाको टेक्सास स्थित अष्टिनमा गायक तथा संगीतकार कालि प्रसाद बास्कोटाको सांगीतिक कार्यक्रम हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर जनवरी ५ मा ‘न्यू इयर वीथ कालिप्रसाद बास्कोटा’ हुने आयोजकले जनाएको छ ।
डि एण्ड डि मुभिजको आयोजनामा हुन लागेको कार्यक्रममा बास्कोटासँगै डिजे सुर्य र स्थानीय कलाकारको समेत प्रस्तुती रहने कार्यक्रम संयोजक कलाकार सुवास थापाले जानकारी दिएका छन् । सन् २००७ मा सार्वजनिक भएको ‘चाहना सकियो’ बोलको गीतबाट चर्चामा आएका बास्कोटाका चलचित्र र एल्वमका दुर्इ दर्जन बढी गीतहरु चर्चित छन् । सन् २०१२ को चलचित्र मालतिको भट्टीबाट चलचित्र संगीत शुरु गरेका बास्कोटाले २५ चलचित्रमा संगीत दिएका छन् ।
नाटक तथा चलचित्रमा सफल मानिएका सुवास थापा पछिल्लो केही वर्ष देखि अमेरिकामा बस्दै आएका छन् । उनकै सक्रियतामा यो कार्यक्रम आयोजना हुन लागेको हो । एक दर्जन चलचित्रमा काम गरेका थापा नाटकमा समेत सफल कलाकार हुन । उनले अमेरिमा रहँदा समेत नाटक र सर्ट फिल्ममा काम गरेका छन् ।
Latest Updates
New Releases (Chaitra 9)
-
Mahajatra
Director : Pradip Bhattarai
Casts : Hari Bansha Acharya, Bipin Karki, Rabindra Singh Baniya, Rabindra Jha, Divya Dev
Next Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang