रमलाको स्वरमा ‘ङला बोलिरी’ सार्वजनिक

चर्चित ‘म्हेन्दोमाया गायिका’ रमला पाख्रिन तामाङको स्वरमा ‘ङला बोलिरी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रमलालाई नेत्र पाख्रिन तामाङले गायनमा साथ दिएका छन् । गीतमा शैलप वाइवाको शब्द तथा संगीत रहेको छ ।
राजकिङ वाइवाको निर्देशन, कोरियोग्राफी र सम्पादन रहेको भिडियोलाई गायिका रमलाकै अफिसियल युट्युब च्यानल ‘रमला पाख्रिन तामाङ’बाट सार्वजनिक गरिएको हो ।
भिडियोमा राजकिङसँगै रुपा एस घले, ननिता हिमरुङ तामाङ र समीर तामाङले अभिनय गरेका छन् । जम्बलिङ फिल्म र जीएस क्रियशनको प्रोडक्शन रहेको भिडियोमा सुरज गोम्जाको छायाँकन रहेको छ ।






Latest Updates
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral