निफमा ‘शाम्बाला’लाई गौतम बुद्ध अवार्ड, दिनेश राउत उत्कृष्ट निर्देशक

बिभिन्न बिधामा अवार्ड प्रदान गर्दै आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सम्पन्न भएको छ । सोमबार राति सम्पन्न महोत्सवमा मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले प्रतिष्ठित गौतम बुद्ध अवार्ड जितेको छ ।
त्यस्तै, राष्ट्रिय फिचर चलचित्र तर्फ चलचित्र ‘आँखा’ले उत्कृष्ट चलचित्रको अवार्ड पाएको छ भने उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘पुजार सार्की’का लागि दिनेश राउतले प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट अभिनेताको अवार्ड ‘आँखा’बाट आरके मेहता र उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘पुजार सार्की’का लागि अञ्जना बराईलीले प्राप्त गरेका छन् । यस्तै ‘पुजार सार्की’बाटै उत्कृष्ट छायाँकारको अवार्ड राजेश श्रेष्ठ र ‘आँखा’बाट जौन योञ्जनले उत्कृष्ट पटकथा लेखकको अवार्ड प्राप्त पगरे ।
अन्तर्राष्ट्रिय बिधातर्फ भारतीय चलचित्र ‘रुक्मिणी’ले डन क्वीजोटे अवार्ड जित्यो भने अर्जेन्टिनी चलचित्र ‘द अविस’ले मञ्जुश्री अवार्ड (एआई चलचित्र अवार्ड) पाउन सफल भयो । छोटो चलचित्र विधामा ‘अ बिट्नेस’का निशान खत्री उत्कृष्ट निर्देशक घोषित भए, बेल्जियमको ‘मेल्टिङ स्नो’ले माउन्ट एभरेस्ट अवार्ड र स्पेनी चलचित्र ‘लुसिया जि रोमेरो’ले बागमती अवार्ड जित्यो ।
यस्तै ‘साक्षी रुख’ उत्कृष्ट छोटो चलचित्र र ‘देवी’ उत्कृष्ट डकुमेन्ट्री घोषित भए । दर्शकहरूको रोजाइमा ‘सतीदेवी’ उत्कृष्ट कथानक चलचित्र र ‘गल्स रि राइटिङ डेस्टिनी’ उत्कृष्ट डकुमेन्ट्री घोषित भए ।
चैत ७ देखि ११ गतेसम्म काठमाडौंमा आयोजित महोत्सवमा ४० देशका ८७ फिल्म प्रदर्शन गरिएको थियो । समापन समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथि थिए ।

Latest Updates
New Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya
Next Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel