Mahajatra

निकिता र रबीले गरे कानुनी विवाह, परम्परागत विवाह बैशाखमा

२०७५ माघ ७
निकिता र रबीले गरे कानुनी विवाह, परम्परागत विवाह बैशाखमा

चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेल र चर्चित पत्रकार रबी लामिछानेले कानुनी रुपमा विवाह गरेका छन् । सोमवार उनीहरुले काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गरेका हुन् । रविले आफ्नो फेसबुक मार्फत् बिबाहको कुरा सार्वजनिक गरेका छन् ।

गोपीकृष्ण मुभिज र टिभी फिल्मीकी अध्यक्ष समेत रहेकी निकिता र रबीले प्रेम विवाह गरेका हुन । उनीहरुले आगामी बैखाशमा परम्परागत रुपमा विवाह गर्ने जनाएका छन् । रबीले एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आफुहरुले कानुनी रुपमा काठमाडौं जिल्ला आदालतमा बिवाह दर्ता गरेको जनाएका छन् । उनले विवाहको निर्णय यति छिटो गर्ने योजना नभए पनि आफूहरुप्रति मानसिक यातना हुने गरि आएका समाचार र खोजविनले एकअर्काको खाँचो महशुस गरेर बैबाहिक जीवनमा बाँधिने निर्णयमा पुगेको समेत उल्लेख गरेका छन् ।

पौडेल पहिलो बैबाहिक सम्बन्ध टुंग्याएर एक्लै बस्दै आइरहेकी थिइन् भने रविले पनि केही दिन अघि मात्र श्रीमतिसँग डिभोर्स गरेका थिए ।