मेरा चलचित्र राम्रो होला नहोला तर, फरक अवश्य हुन्छ – निश्चल बस्नेत

निश्चल बस्नेतको फिल्मी करियरलाई हेर्ने हो भने हाल सम्म १७ चलचित्रमा उनको संलग्नता पाइन्छ । निश्चलको नाममा कलाकार, निर्देशक, निर्माता, लेखक, गीतकार, गायक र डान्सरको क्रेडिट छ ।
‘लुट’ जस्तो हिट चलचित्रका निर्देशक निश्चलको अभिनय यात्रा पनि यही चलचित्रबाट शुरु भएको हो । चलचित्रको अन्त्य तिर पत्रिका पढीरहेको एक दृष्यमा निश्चल देखिएका थिए । तर, धेरैले उनलाई त्यतिबेला चिन्न सकेनन् । निश्चलको फिल्मोग्राफीलाई हेर्दा ७ चलचित्रमा विशेष उपस्थिति देखिन्छ भने ७ चलचित्रमा अभिनय गरेका छन् । निर्देशन भने जम्मा ३ चलचित्रको ।
निश्चल अभिनित चलचित्र ‘घामड शेरे’ कात्तिक ८ गतेदेखि प्रदर्शनमा आउँदैछ । यही चलचित्रको प्रमोशनका दौरान भेटिएका निश्चलले अधिकांश चलचित्रमा केमियो गर्नुलाई आफ्नो बाध्यता भनेका छन् । चिनजानका साथी भाइहरुबाट नै आफुलाई केमियोको अफर आएको र नाई भन्दा भन्दै पनि काम गर्न बाध्य भएको उनको भनाई छ । यद्यपी लामो भुमिका गरेका चलचित्रलाई भने उनी आफ्नो बाध्यता मान्दैनन् ।
अभिनयको रहर आफु भित्र पनि रहेको बताउने निश्चल निर्देशन आफ्नो रुचि भएको बताउँछन् । यद्यपी आफ्नो जीवनकाल भरी संख्यात्मक रुपमा त्यति धेरै चलचित्र निर्देशन नगर्ने उनको भनाई छ । राम्रो होला नहोला तर, आफुले निर्देशन गर्ने चलचित्र केही फरक अवश्य हुने उनको भनाई छ ।
निर्देशकका रुपमा चिनिएपनि पछिल्लो समय कलाकारका रुपमा व्यस्त निश्चल चलचित्र ‘घामड शेरे’मा शिर्ष भुमिकामा देखिएका छन् । स्कृप्ट देखि नै संलग्न भएका कारण पनि यो चलचित्र प्रति निश्चल ज्यादा आशाबादी देखिन्छन् । दर्शकको मन जित्नेमा विश्वस्त निश्चल ‘घामड शेरे’ मनोरञ्जनात्मक चलचित्र भएको बताउँछन् ।
चलचित्रमा निश्चलसँगै स्वस्तिमा खड्काको पनि शिर्ष भुमिका रहेको छ । स्वस्तिमा र निश्चल रियल लाइफ कपल भएपनि चलचित्रमा भने सालि भेनाका रुपमा देखिएका छन् । उनीहरुले सालि भेनाको रुपमा देखिदा पनि आफुहरुलाई असहज महशुस नभएको बताउँछन् ।
हेमराज बिसीको निर्देशन रहेको चलचित्र सोसल कमेडी जनराको हो । बिसीले निश्चल पहिले देखिनै चलचित्रमा अनुबन्धित भएपनि स्वस्तिमा पछि मात्र आवद्ध भएको जनाए । उनले निश्चलको सिफारिसमा वा उसको श्रीमति भएका कारण भने आफुले नलिएको जनाएका छन् । स्कृप्ट लक गरिसकेपछि आफुलाई चाहिएको क्यारेक्टरमा स्वस्तिमा फिट हुने देखेर अभिनयको अफर गरेको बताउँछन् । यद्यपी निश्चल र स्वस्तिमालाई एकसाथ पर्दामा उतार्दा त्यसले व्यापारमा पनि केही फाइदा पुग्छ भन्ने सोच भएको भने स्वीकार्छन् । तर, स्कृप्ट नै परिवर्तन गरेर स्वस्तिमालाई लिइएको भने होइन । स्वस्तिमा पनि आफुलाई अफर आउँदा शुरुमा निर्देशकसँग निश्चल–स्वस्तिमा भनेर लिन लागेको कि क्यारेक्टरमा फिट हुने भएर भन्ने प्रश्न समेत गरेको जनाइन । स्वस्तिमाले शुरुमा उक्त भुमिकामा आफू फिट नहुने भन्दै अर्कै अभिनेत्रीको नाम सिफारिस गरेकी थिइन । तर, निर्देशकले कन्भिन्स गरेपछि उनी काम गर्न तयार भइन ।
चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल लगायतका कलाकारको अभिनय रहेको छ । भने, अभिनेत्री गौरी मल्ललाई अतिथि भूमिकामा देख्न सकिनेछ । चलचित्रमा कथा र पटकथा निर्देशक हेमराज बिसीकै रहेको छ । बिसी मोसन पिक्चर्सको व्यानरमा हेमराज बिसी र सिमोस सुनुवारले निर्माण गरेको चलचित्रमा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । नरेन्द्र विक्रम बुढा क्षेत्री चलचित्रका कार्यकारी निर्माता हुन् ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri