Jwai Sap
Aktor

हलसँग असन्तुष्ट निश्चल, हलको विकल्पमा लाग्ने चेतावनी

२०८१ असोज २९
हलसँग असन्तुष्ट निश्चल, हलको विकल्पमा लाग्ने चेतावनी

चलचित्र ‘बेहुली फ्रम मेघौली’का निर्माता तथा अभिनेता निश्चल बस्नेतले शोज बाँडफाँडका बिषयमा गम्भिर असन्तुष्टि ब्यक्त गरेका छन् । असोज १७ गतेदेखि प्रदर्शनमा आएको आफ्नो चलचित्रको अकुपेन्सी राम्रो हुँदा हुँदैपनि हिन्दी चलचित्रलाई भन्दा कम शोज दिएको भन्दै उनले चलचित्र हल सञ्चालकहको ब्यवहार प्रति आक्रोश व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जाल मार्फत आक्रोस पोख्दै उनले लेखेका छन् – “राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाईँहरू चाहिँ त्यही हिन्दी फिल्मलाई नै शोज दिइराख्नु है, अकुपेन्सी आलु हुँदा पनि। म चाहिँ हलको विकल्प तिर लागेँ।”

रिलिजको समयमा करिब ३३५ शोज सहित इतिहासकै धेरै शोज पाएको ‘बेहुली फ्रम मेघौली’ले दोस्रो हप्तामा ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, ‘ज्वाइँ साब’ र हिन्दी चलचित्र ‘जिग्रा’ रिलिज भएपछि निकै कम शो पाएको छ । यद्यपि, कम शोहरूमा पनि दर्शकको उपस्थिति भने उल्लेख्य नै रहेको छ ।

बस्नेत ‘जिग्रा’मा दर्शकको अभाव हुँदासमेत त्यो चलचित्रलाई ‘बेहुली फ्रम मेघौली’ भन्दा बढी शो दिइएकोमा बस्नेत असन्तुष्ट बनेका हुन् ।

Behuli From Meghauli