स्क्रिप्ट सुन्दासाथ ‘ज्वाइँ साब’ काम गर्न रेडी भएकी निती
नायिका निती शाह यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने चलचित्र ‘ज्वाइँ साब’मा ‘लक्ष्मी’ पात्रका रुपमा दर्शकमाझ आउँदैछिन् । चलचित्रमा उनको जोडी जितु नेपाल छन् । चलचित्रको पोस्टर, टिजर, गीत र ट्रेलरले उनको जोडी को भन्ने प्रष्ट्याइसकेको छ ।
नितीका अनुसार चलचित्र ‘ज्वाइँ साब’को स्क्रिप्ट सुनेको २० मिनेटमै उनी चलचित्रमा काम गर्न सहमत भएकी रहिछन् । ‘मलाई निर्देशक वसन्त निरौला र अनिश अधिकारीले सम्पर्क गर्नुभएपछि स्क्रिप्ट सुनें । स्क्रिप्ट सुनेको २० मिनेटमै चलचित्रमा काम गर्छु भदिनिएँ । यो चलचित्रको स्क्रिनप्ले राम्रो छ । मेरो क्यारेक्टर पनि राम्रो लागेकाले काम गर्न सहमत भएँ । चलचित्रमा अनुबन्धित भएपछि मात्र जितु नेपाल पनि हुनुहुन्छ भन्ने थाहा पाएँ’, निती भन्छिन् ।
नितीका अनुसार चलचित्रको कथा उनकै वरपर घुमेको छ । चलचित्रको कथा नै आफ्ना लागि महत्वपूर्ण रहेको उनको भनाई छ । ‘मलाई स्टोरीलाइन मन परेको थियो । कथा मेरै वरपर घुमेकाले पनि यो चलचित्र गर्नुपर्छ भन्ने मलाई लाग्यो’, उनी भन्छिन् ।
केही समयअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा छायांकन गरिएको दृश्यको फुटेज टिकटकमा सार्वजनिक भएको थियो । त्यो फुटेजका विषयमा सञ्चारमाध्यममा समाचार नै बने । निती टिकटकमा फुटेज सार्वजनिक भएपछि राम्रो रेसपोन्स भएको बताउँछिन् । ‘हाँसीखुशी रातो पहिरनमा रमाएकी केटी एक्कासी त्यो अवस्थामा कसरी पुगिन् । यो कसरी सम्भव छ ? भन्ने चासो आम मानिसमा रहेछ । तर मेरो बुझाईमा जे हुन्छ राम्रैका लागि हुन्छ’, निती भन्छिन् ।
चलचित्र ‘ज्वाइँ साब’का लागि नितीले ‘प्रष्ट’ नेपाली बोल्न निकै मेहनत गरेकी रहिछन् । ‘क्यारेक्टरको कुरा गर्दा मेरो टोनमा अलिकति समस्या छ । चलचित्रमा संवाद बोल्दा पनि सकेसम्म ठेट नेपाली बोल्ने प्रयास गरेकी छु । तर अझ धेरै सिक्न बाँकी छ’, उनी भन्छिन् ।
उनले आफू जितु नेपालको कामबाट प्रभावित भएको खुलाइन् । ‘जितु दाई म भन्दा धेरै सिनियर । तर सेटमा ‘म सिनियर हुँ’ भन्ने देखाउनुभएन । उहाँले एकदमै सहजीकरण गर्नुभयो । काम गर्न सजिलो भयो । चलचित्रको प्रोमोसनका क्रममा सँगै हिँड्दा उहाँको संघर्षलाई नजिकबाट बुझ्ने मौका पाएँ । त्यो मेरा लागि ‘इन्स्पायरिङ’ लाग्यो’, नितीले भनिन् ।
वसन्त निरौला निर्देशित चलचित्र ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev