‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन अनिश्चित

२०७९ चैत्र २८
‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन अनिश्चित

चलचित्र ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन अनिश्चित बनेको छ । चलचित्रका कार्यकारी निर्माता बिरुद्ध दुई बितरण कम्पनीले आर्थिक लेनदेनको विषयमा चलचित्र बिकास बोर्डमा दिएको उजुरी कायम रहेकोले प्रदर्शन अनिश्चित बनेको हो ।

बैशाख १ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र उक्त मितिमा प्रदर्शन हुने सम्भावना न्यून छ । चलचित्रका कार्यकारी निर्माता सञ्जय न्यौपानेविरुद्ध डीएस डिजिटल र एफडी कम्पनीले बोर्डमा उजुरी दिएका थिए । न्यौपानेले डीएस डिजिटललाई ११ लाख र एफडीलाई दुई लाख रुपैयाँ तिर्न बाँकी रहेको उजुरीमा उल्लेख छ ।

Kumari Bank
Aktor