अस्कर अवार्डको विदेशीभाषी चलचित्रमा ‘पञ्चायत’ सहभागी हुने

९१ औं अस्कर अवार्डका लागि विदेशीभाषी चलचित्रको बिधामा नेपालबाट ‘पञ्चायत’ सहभागी हुने भएको छ । सन् २०१९ मा आयोजना हुने अवार्डको ‘उत्कृष्ट विदेशीभाषी चलचित्र’ विधामा नेपालबाट पञ्चायत छनौट भएको हो ।
विमल पौडेल अध्यक्ष रहेको बिदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनौट समिति नेपालले पञ्चायतलाई छनौट गरेको हो । पौडेलको अध्यक्षता लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली (कपिल), सामीप्यराज तिमल्सेना सदस्य र चिरञ्जीवी गुरागाईं सचिव रहेका छन् ।
अस्करको विदेशीभाषी चलचित्र बिधाका लागि नेपालबाट तान्द्रो, पञ्चायत र माइ लभले आवेदन दिएका थिए । प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी ‘पञ्चायत’लाई छानिएको छनोट सचिब गुरागाईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
शिवम अधिकारी निर्देशित चलचित्र पञ्चायत निता ढुङ्गाना, सरोज खनाल, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, रुपा राना लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । गणेश गिरीको प्रस्तुति रहेको चलचित्रका कार्यकारी निर्माता रवि अधिकारी हुन ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri