चलचित्र ‘पर्खी बसे फर्की आउछु’को विशेष शो सम्पन्न
चलचित्र ‘पर्खी बसे फर्की आउछु’को विशेष शो सम्पन्न भएको छ । एक राज थापाको प्रस्तुती रहेको चलचित्रको शनिवार साँझ विश्व ज्योति हल जमलमा शो सम्पन्न भएको हो ।
राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्रमा हिउँवाला गौतम, प्रेम परियार, समिक्षा बस्नेत, देव सागर, सुशील गौतम, हेमराज घर्तिमगर, पदम तामाङ, कृष्णबहादुर थापा, रोशन थापा लगायतको अभिनय छ ।
चलचित्रले फरक क्षमता भएका व्यक्तिहरुको मनोभावनामा समसामयिक सामाजिक सन्देश मुलक कथा प्रस्तुत गरेको छ । विशेष शोमा पूर्व भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वाला, केपी पाठक, दीपाश्री निरौला, बद्री पङ्गेनी, प्रेमनाथ अधिकारी र गोपालकाजी कायस्थलगायतको उपस्थिति थियो ।
रोशिका फिल्मसको ब्यानरमा बनेको चलचित्रको कार्यकारी निर्मातामा कमलप्रसाद शर्मा र खेमराज विक छन् भने निर्मातामा यमकान्त भन्डारी छन् । चलचित्रका सह–निर्मातामा कृष्णबहादुर थापा (काजी), नवराज अधिकारी, जगदीश महर, सुशील गौतम, जेनि मगर (प्रगति) रहेका छन् ।
चलचित्रमा अरुण सुनारको छायाङ्कन, पुर्ण संयोग र बसन्त सापकोटाको सङ्गीत र तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora