बलात्कार मुद्धामा पल शाहले पाए सफाई

नाबालिगलाई करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाई दिएको छ । मंगलबार न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कार अभियोगमा दाबी नपुगेको भन्दै उनलाई सफाई दिइएको हो ।
जिल्ला अदालत तनहुँ र नवलपरासी पूर्वले जवरजस्ती करणी मुद्धामा सफाई दिए पनि नवलपरासी पूर्वले शाहलाई बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । जसका कारण उनी जेलमुक्त भने हुने छैनन् । गत भदौ २९ गते शाहलाई नवलपुर जिल्ला अदालतले २ वर्ष ६ महिना जेल सजाय सुनाउँदै १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो । यो फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन समेत दिइसकेका छन् ।
२०७८ सालको फागुनमा शाह बिरुद्ध नाबालिग बलात्कारको मुद्धा उजुरी परेको थियो । यद्यपी तनहुँ र नवलपुर जिल्ला अदालतमा बकपत्र गर्ने क्रममा पिडित भनएकी नाबालिगले बयान फेरेकी थिइन् ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi