तनहुँ पुगेर पल शाहले गरे आत्मसर्मपण

नायक पल शाहले आत्मसर्मपण गरेका छन् । जिल्ला प्रहरी कार्यलय तनहुँमा पुगेर उनले आत्मसर्मपण गरेका हुन् ।
बुधबार उनीविरुद्ध जबर्जस्ती करणी आरोपमा उजुरी परेपछि फरार रहेका शाहले आज प्रहरी सामु आत्मसर्मपण गरेका हुन् । एक नाबालिकाका बुबाले बुधबार जिल्ला प्रहरी कार्यलय तनहुँमा किटानी जाहेरी दिए पछि पल शाह फरार रहँदै आएका थिए ।
आत्मसर्मपण गर्न जाँदा शाहले सेतो पिक्याप, कालो चस्मा, माक्स, सेतो हुडी, कालो ज्याकेट, जिन्स पाइन्ट र सेतो स्पोर्टस् सुज लगाएका थिए । शाह रोडबाट हिड्दै प्रहरीको इन्ट्री कक्षमा पुगि आफ्नो नाम इन्ट्री गराउँदै गरेको भिडियो समेत यतिबेला सार्वजनिक भएको छ ।
यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्नुका साथै एक भिडियो सन्देश जारी गरी आत्मसर्मपण गर्न लागेको जानकारी दिएका थिए ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi