बयानका लागि पल शाहलाई लगियो सरकारी वकिल कार्यालय कावासोतीमा

एक नाबालिगलाई करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई बयानका लागि नवलपरासी पुर्वको सरकारी वकिल कार्यालय कावासोती लगिएको छ । अहिले शाहको बयान चलिरहेको छ ।
जिल्ला प्रहरी कार्यलय तनहुाको हिरासतमा रहेका शाहलाई मंगलबार इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको थियो ।
तनहुँमा जाहेरी दिएकी नाबालिगले नै गैंडाकोटको एक रिसोर्टमा पनि शाहले करणी गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा उजुरी दिएकी थिइन । उक्त मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट गैंडाकोट लगिएको थियो । बयान सकेसँगै पललाई ईलाका प्रहरी कार्यालय गैंडाकोटमै लगिनेछ ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi