अभिनेता पल विरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा दर्ता

अभिनेता पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा दर्ता भएको छ । एक नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पलविरुद्ध सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता गरेको हो ।
अभियोगपत्रमा १२ देखि १४ वर्षको जेल सजाय मागदावी गरिएको जनाइएको छ । उनका म्यानेजर कृष्ण जोशीलाई मतियारको रूपमा देखाइएको छ । उनलाई भने पललाई मागदावी गरेको सजायको आधा कैद सजाय माग गरेको बताइएको छ । अब जिल्ला अदालतले उनीहरूसँग बयान लिने र त्यसपछि थुनछेक बहस हुनेछ ।
यसअघि नै जिल्ला अदालत नवलपुरमा भने उनीविरुद्ध बलात्कार मुद्धामा अभियोगपत्र दायर गरिएको थियो । नवलपुर अदालतमा पललाई १२ देखि १४ वर्ष जेल सजायको माग गरिएको थियो ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel