जुत्ताको कथा भन्ने ‘पाउलो’ चीनको स्मलरिग अवार्डमा
मोहन अभिलाषीको लेखन तथा निर्देशन रहेको नेपाली लघु चलचित्र ‘पाउलो’ (द शुज) चीनको स्मलरिग अवार्डको नोमिनेशनमा परेको छ । नोमिनेशनमा परेसँगै चलचित्र चीनको सेन्जेन सिटीमा मे २३ देखि २५ सम्म आयोजना हुने अवार्डमा प्रदर्शन समेत हुनेछ ।
विश्वभरबाट सहभागी तीन हजार ७९१ चलचित्रहरूमध्ये अफिसियल छनोटमा परेका ९८ चलचित्रहरूबाट २० वटा चलचित्रहरू नोमिनेशनमा परेको हुन् ।
जुत्ताको कथा भनेको ‘पाउलो’ले यसअघि अन्य चलचित्र माहेत्सव तथा अवार्डमा आफ्नो उपस्थिति जनाइसकेको छ । यसअघि भारतको सिएमएस इन्टरनेशनल चिल्ड्रेन्स चलचित्र फेष्टिभलमा पनि नोमिनेशनमा परेको थियो । अमेरिकाको अथेन्टिक ग्लोबल फिल्म अवार्ड, रसियाको किनो फेष्टिभल ‘लाइट अफ द वल्र्ड’, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो, भारतको विजाग इन्टरनेशनल सर्ट फिल्म फेष्टिभल, बेलायतको लिफ्ट अफ ग्लोबल नेटवर्क सेसनलगायत थुप्रै फिल्म महोत्सवहरूमा ‘पाउलो’ छनोटसमेत भएको थियो । छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको (एनसिआइएफ) मा स्पेशल स्क्रिनिङ गरिएको थियो ।
‘पाउलो’मा प्रशान्त हुमागाईं, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा, सन्देश थापा, नारायणराज चौलागाईं लगायतको अभिनय छ । चलचित्रलाई ऐना आर्टले निर्माण गरेको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
