‘पूर्णबहादुरको सारङ्गी’ विवादः भुक्तानी रोक्न वितरकलाई पत्र
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ निर्माण टिम भित्रको विवाद सतहमा आएको छ । एकपछि अर्को विवादको चंगुलमा फसिरहेको चलचित्रका निर्माण कम्पनीका सञ्चालकहरुले भुक्तानी रोक्न वितरकलाई पत्र लेखेका छन् ।
निर्माण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टका सञ्चालकद्वय प्रतिक पौडेल र रमेश ढकालले वितरक कम्पनीद्वय ब्यांकटेस इन्टरटेनमेन्ट र टी–फोक फिल्म्सलाई पत्र लेख्दै बाँकी भुक्तानी रोक्न आग्रह गरेका हुन् ।
पत्रमा भनिएको छ, ‘हाल उक्त चलचित्रको शेयर रकम भुक्तानी सेभेन सिज सिनेमाको नाममा जम्मा भइरहेको जानकारीमा आएको हुँदा हालसम्म भएको भुक्तानीको जानकारी गराएर बाँकी भुक्तानी रोक्का गरि यस कम्पनीको हामी सञ्चालकहरुको रोहवरमा फाइनल हिसाब किताब गरि सम्बन्धित हाम्रो संयुक्त बैंक खाता रहेको कम्पनीमा मात्र भुक्तानी गर्नुहुन अनुरोध छ ।’
उक्त पत्र सेभेन सिज सिनेमा, बाँसुरी फिल्म्स, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डमा पनि पठाइएको छ । सञ्चालकद्वय प्रतिक र रमेशले हस्ताक्षर गरेको पत्रमा सेभेन सिज इन्टरटेनमेन्टको स्ट्याम्प लगाइएको छ । चलचित्र विकास बोर्डले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)लाई सेन्सर सिफारिस गर्दा पठाएको ‘सिफारिस पत्र’मा ‘पूर्णबहादुरको सारङ्गी’को निर्माण कम्पनीको नाम सेभेन सिज इन्टरटेनमेन्ट उल्लेख छ । वितरकलाई लेखिएको पत्रसँगै उक्त सिफारिस पत्र पनि पठाइएको छ ।
बुझ्नमा आएसम्म सेभेन सिज इन्टरटेनमेन्टको सञ्चालकमा प्रतिक र रमेशसहित विनोद पौडेल छन् ।
Latest Updates
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
-
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora