Khusma
Devi
Rawayan

‘फुटेका चुरा’मा प्रकाश र नम्रताको रोमान्स

२०७७ मंसिर १५
‘फुटेका चुरा’मा प्रकाश र नम्रताको रोमान्स

फुटेका चुरा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रकाश सपुत र अनिता चलाउनेको स्वर रहेको गीतमा प्रकाश सपुत स्वयंमको शब्द र संगीत छ ।

प्रकाश सुपतकै निर्देशन रहेको भिडियोमा अभिनेत्री नम्रता श्रेष्ठ रानीको भुमिकामा देखिएकी छिन । यस्तै भिडियोमा प्रकाश सपुत, कविता नेपाल, गायिका चलाउने र निरज पन्थीको पनि अभिनय रहेको छ ।

भिडियोमा नवराज उप्रेतीको छायाँकन, प्रविण भट्टको सम्पादन र गम्भिर विष्टको कोरियोग्राफी रहेको छ ।