नयाँ वर्षमा ‘पिताम्बर’को ब्यापार उत्साहजनक

नयाँ वर्षको दिन हलमा चलचित्र हेर्न दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ । खासगरि मल्टीस्टारको अभिनय रहेको चलचित्र ‘पिताम्बर’ले दर्शक आकर्षित गर्न सफल भएको छ ।
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले सोमबार देशभरि उल्लेख्य रुपमा दर्शकको साथ पाएको देखिन्छ । थुप्रै स्टार कलाकारहरु एउटै चलचित्रमा भएकोले पनि ‘पिताम्बर’ प्रति दर्शकको आकर्षण देखिएको हो । त्यसमाथि रिलिजअघि नै यसले राम्रो आशा जगाएको थियो ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रलाई कृषा चौलागाईंले निर्देशन गरेकी हुन् । शुक्रबार र शनिबार बक्स अफिसमा सुखद प्रदर्शन गरेको चलचित्रको व्यापार आइतबार तुलनात्मक रुपमा कम देखिएको थियो । सोमबार भने चलचित्र हेर्ने दर्शकको चाप ह्वात्तै बढेको पाइयो । दर्शकको दरिलो साथ पाएको चलचित्र चौथो दिनमा देशभर १ सय ८५ बढी सो सङ्ख्यासहित प्रदर्शन भयो । चलचित्रका अधिकांश शो हाउसफूल थिए ।
दह्रिलो प्रचार शैली, स्टारहरूको बलियो उपस्थितिसँगै दर्शकको सकारात्मक प्रतिक्रियाले चलचित्रको ब्यापारमा प्रभावकारी भूमिका खेलेको देखिन्छ । चलचित्रले तारिफ पाइरहँदा कलाकारहरू पनि उत्साहित देखिएका छन् ।
सोमबार साँझ काठमाडौंको अष्टनारायण हलमा कलाकारहरु समेत पुगेका थिए । शो हाउसफूल थियो भने भने कतिपय दर्शकले टिकट नै नपाएको गुनासो गरेका थिए । चलचित्र हेरेका दर्शकलाइृ सम्बोधन गर्दै अभिनेता सौगात मल्लले भने – ‘यो दर्शकहरूको माया हो । दर्शकहरूको माया पाउँदा निकै नै उत्साहित छौँ ।’ उनी मात्र होइन, अभिनेता प्रदीप खड्का, अनुप विक्रम शाही, अभिनेत्री दिव्या रायमाझी, निर्देशक कृषा चौलागाईं स्वयम् पनि दर्शकको मायाले खुसी देखिएका छन् ।
एक्सन जनरामा आफूलाई प्रमाणित गरेसँगै निर्देशक चौलागाईंको चलचित्र बजारमा चर्चा बढेको छ भने एक्सन जनरामा सौगात मल्लको तारिफ पनि उतिकै बढ्दो देखिएको छ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप, सौगात, अनुप र दिब्यासँगै आर्यन सिग्देल, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्टलगायतको अभिनय छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ सिक्वेल नभएको निर्देशक खनालको प्रष्टोक्ति
-
-
दोस्रो सातामा ‘पिताम्बर’लाई उत्साहजनक शो, ‘कर्मा’लाई जम्मा ११
-
-
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel