पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतले अनुमति

अभिनेता पल शाहलाई अनुसन्धानका लागि थप १२ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा उनी बिरुद्ध परेको उजुरी माथी अनुसन्धानका क्रममा यतिेबला शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । प्रहरीले अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि जिल्ला अदालत तनहुँमा आइतबार पेस गरेको थियो ।
गत आइतबार तनहुँ प्रहरी समक्ष आत्मसर्मण गरेका शाहलाई हिरासतमा राखि अनुसन्धान गर्न पहिलो पटक सात दिनको म्याद थप दिएको अदालतले दोस्रो पटक १२ दिनको म्याद थप गरेको हो । अनुसन्धानको नसकिएको भन्दै प्रहरीले १२ दिनको म्याद थप गर्न आदालतमा आग्रह गरे अनुसार म्याद थपिएको हो ।
फागुन ११ गते बुधबार शाह बिरुद्ध जाहेरी परेपछि फरार रहेका उनले ५ दिनपछि आत्मसर्मपण गरेका थिए ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi