नायक पल शाह प्रहरीसामु आफै उपस्थित हुने
नायक पल शाह प्रहरीसामु आफै उपस्थित हुने भएका छन् । बुधबार उनीविरुद्ध जबर्जस्ती करणी आरोपमा उजुरी परेपछि फरार रहेका शाहले आज प्रहरी सामु उपस्थित हुने घोषणा गरेका हुन् ।
शाहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै उक्त कुराको जानकारी दिएका हुन् । शाहले लेखेका छन् – ‘नेपालको कानूनलाई सम्मान गर्दै प्रहरीसामु म आफैं आज उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’
आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन् । साथै आफ्नो फिल्म म यस्तो गीत गाउँछु २ गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भन्ने पक्षलाई समेत ध्यानमा राखेको उल्लेख गरेका छन् ।
एक नाबालिकाले बुधबार जिल्ला प्रहरी कार्यलय तनहुँमा किटानी जाहेरी दिए पछि पल शाह फरार रहँदै आएका थिए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
