Mansara

‘वीर विक्रम २’ आकाश छोडे पल भित्रिए

२०७५ कार्तिक २६
‘वीर विक्रम २’ आकाश छोडे पल भित्रिए

चलचित्र ‘वीर विक्रम २’ मा अभिनेता पल शाह अनुबन्धित भएका छन् । यसअघि अनुबन्धित भएका कलाकार आकाश श्रेष्ठले पारिवारिक कारण देखाउदै चलचित्रमा अभिनय गर्न नसक्ने भनेपछि निर्देशक मिलन चाम्सले उनको स्थानमा पल शाहलाई अनुबन्धित गरेका हुन ।

चाम्स इन्टरटेनमेण्टद्वारा जारी गरिएको बिज्ञप्तीमा आकाशको हजुरवुवा बिरामी भएको कारण उनले चलचित्रमा काम गर्न नसक्ने जानकारी गराएको उल्लेख छ । यता आकाशले पनि सामाजिक सञ्जाल मार्फत सोही कुराको जानकारी गराएका छन् ।

आजबाट छायाँकनमा जाने भनिएको चलचित्र अब एक हप्ता पछि छायाँकनमा जाने निर्माण पक्षले जनाएको छ । चलचित्रमा वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, विजय लामालगायतका कलाकारको अभिनय रहने छ ।

Mahajatra