चलचित्र ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को पोस्टर सार्वजनिक
चलचित्र ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । शोभित बस्नेतको निर्देशन रहने चलचित्रको पोस्टरमा मुख्य भूमिकामा रहने कलाकारलाई प्रस्तुत गरिएको छ । पोस्टरमा आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पुजा चौधरी र राजन कुँवर छन् । यि कलाकारहरु अडिसनमार्फत छनोट भएको जनाइएको छ । यसका साथै कुशल थापा, विमला खत्री, म्याक्स र नवीन घायलको पनि अभिनय रहने छ ।
सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने चलचित्रमा रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहने छन् । आगामी फेब्रुअरी ११ बाट छायांकनमा जाने चलचित्रको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा हुने निर्देशक बस्नेतले जनाएका छन् ।
चलचित्रमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुप का लक्ष्मण सापकोटा निर्माता र एसिया प्यासिफिक इ कलेजका गणेश केसी कार्यकारी निर्माता छन् । चलचित्रमा मानस राजको संगीत, शोभित बस्नेतको कथा र गणेश बुढाथोकीको पटकथा र संवाद रहने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
