कोरोना कोषमा प्रभु बैंकले फेरी दियो १ करोड ३९ लाख सहयोग

२०७७ श्रावन ३०
कोरोना कोषमा प्रभु बैंकले फेरी दियो १ करोड ३९ लाख सहयोग

प्रभु बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ आर्थिक सहयोग गरेको छ । शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त रकम हस्तान्तरण गरेको हो ।

बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त रकम हस्तान्तरण गरेका हुन् । शेरचनको बैंकको सामाजिक उत्तरदायित्व बहन गर्दै यो रकम उपलब्ध गराएको जानकारी गराए । 

यसअघि चैत २० गते पनि बैंकले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको थियो।

Kumari Bank
Aktor