एक्सन भूमिकामा प्रदिप, ‘पिताम्बर’मा बद्लाको कथा !
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पिताम्बर’का कारण यतिबेला नायक प्रदिप खड्का चर्चामा छन् । खासगरि चलचित्र ‘प्रकाश’बाट अभिनयमा भेरियसन पस्किरहेका प्रदिप ‘पिताम्बर’मा एक्सन भूमिकामा देखिएका छन् ।
शुरुमा चक्लेटी हिरोको छवी बनाए पनि उनले ‘प्रकाश’बाट बिभिन्न भूमिकामा आफूलाई ढाल्न र त्यसलाई न्याय गर्न सक्छु भन्ने प्रमाणित गरे । त्यसपछि आएको चलचित्र ‘पुजार सार्की’मा उनले आफ्नो अभिनय मार्फत दर्शकलाई हसाए । यो बिचमा प्रदर्शन भएको चलचित्र एक्टर ठिकठाक भयो । यतिबेला भने चलचित्र ‘पिताम्बर’ चर्चाको शिखरमा छ ।
सम्भवत् प्रदिपले फूलफेज एक्सन भूमिका निभाएको यो पहिलो चलचित्र हो । चलचित्र बद्लाको भावको कथामा केन्द्रित छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रदिपले आफ्नो पात्रले दुई दशक सम्म आफूमा दबाएर राखेको बदलाको इमोसनलाई प्रस्तुत गर्ने क्रममा गरेको द्वन्द्व चलचित्रमा रहेको बताए । उक्त पात्रले किन एक्सन गरिरहेको छ ? उनको इन्टेन्सन के हो ? भन्ने कुराले आफुलाई चरित्रमा ढाल्न सहयोग मिलेको उनको भनाई छ । त्यसो त उनले निर्देशकले भने बमोजिम नै आफुले चलचित्रको पात्रलाई निभाएको बताएका छन् ।
त्यसो भए एउटा कलाकार निर्देशक प्रति उत्तरदायी हुने कि कलाकार प्रति ? भन्ने प्रश्नमा उनले शुरुमा निर्देशक नै कलाकारको कामबाट खुशी हुनुपर्ने बताए । हुन त चलचित्रलाई निर्देशकको अभिव्यक्तिको माध्यमका रुपमा लिने गरिन्छ, त्यसैले निर्देशकले चाहे अनुरुपनै काम गर्नु कलाकारको धर्म पनि हो । निर्देशक कृषा चौलागाई आफ्नो सोचलाई मुर्त रुप दिन प्रदिप खरो उत्रिएको बताउँछिन ।
शुक्रबारबाट प्रदर्शन हुने चलचित्रमा प्रदिपका साथै दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले, रविन्द्र भट्टराईलगायतका कलाकारको अभिनय छ ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रका निर्माता विशाल चौलागाईं हुन् भने पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सहनिर्माता हुन् । यस्तै चलचित्रका कार्यकारी निर्माता सुमन गौतम हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
