Missing Movie Online

‘एक्टर’को पोस्टरमा रगताम्मै प्रदिप

२०८१ भाद्र १३
‘एक्टर’को पोस्टरमा रगताम्मै प्रदिप

चलचित्र ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको आलो रगत छ ।

चलचित्र ‘एक्टर’मा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय छ । राजन भुसालको निर्देशन रहेको चलचित्रका निर्माता थमन कुमारी भण्डारी हुन् । क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको चलचित्रको लाइन प्रोड्युसर तोरन क्षेत्री हुन् । चलचित्रको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुति रहेको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका छन् । चलचित्रमा शिशिर खाती र किरण थापाको कोरियोग्राफी, अष्टम महर्जनको द्वन्द्व, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत र निमेश श्रेष्ठको सम्पादन रहेको छ ।

Jwai Sap
Aktor
Kumari Bank