ठगीको आरोपमा कलाकार प्रज्ञा जोशी पक्राउ
चलचित्र निर्माता तथा कलाकार प्रज्ञा जोशी पक्राउ परेकी छिन । जोशीलाई आइतबार इटहरीबाट प्रहरीले पक्राउ गरेको छ । ५० लाख ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।
जग्गाको कारोबारमा उनले दिएको ५० लाखको चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो । सुवर्णकुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । आइतबार पक्राउ गरेकी जोशीलाई आज इटहरीबाट काठमाडौं ल्याइँदैछ । लामो समयदेखि उनी लुकिछिपी इटहरीमा बस्दै आएको बताइएको छ ।
केही चलचित्रमा अभिनय गरेकी जोशीले सपुत, सम्झना, न बिर्सें तिमीलाई न पाएँ तिमीलाई, नोटबुकु जस्ता चलचित्रको निर्माण समेत गरेकी छिन । उनले चलचित्रमा भन्दा बढी टेलि चलचित्रमा काम गरेकी छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire

