गायक प्रकाश सपुतलाई ‘आदर्श विशेष सम्मान’

२०७७ पौष १
गायक प्रकाश सपुतलाई ‘आदर्श विशेष सम्मान’

गायक प्रकाश सपुतलाई ‘आदर्श विशेष सम्मान’ प्रदान गरिने भएको छ । सपुतलाई आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले उक्त सम्मान प्रदान गर्न लागेको हो । सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद रु २५ हजार राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ ।

जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सुपतलाई लोकसंगीतको उत्थानमा पुर्याएको योगदान बापत उक्त सम्मान गर्न लागिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले बताइन् ।

Kumari Bank
Aktor