Mansara

जुम्ल्याहा दिदिबहिनीसँग पल र प्रमोदको रोमान्स

२०७६ बैशाख ७
जुम्ल्याहा दिदिबहिनीसँग पल र प्रमोदको रोमान्स

गायक प्रमोद खरेलको ‘झुमा झुमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा गायक खरेल र अभिनेता पल शाहका साथै टिक टकबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ । गीतमा हिमांसु रायमाझीको शब्द र भीम बिसीको संगीत छ ।

दीपक आचार्यको निर्देशन रहेको भिडियोमा शुभम् भुजेलको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन तथा अर्जुन तिवारीको छायांकन छ ।

Mahajatra