‘प्रसाद २’ रोक्ने आदेशले पाएन निरन्तरता, प्रदर्शन लागि बाटो खुला
चलचित्र ‘प्रसाद २’ प्रदर्शनको लागि बाटो खुलेको छ । उच्च अदालत पाटनले उक्त चलचित्रको प्रदर्शन रोक्नका लागि यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि प्रदर्शनका लागि बाटो खुलेको हो ।
चलचित्रको प्रदर्शन रोक्न केशव पाण्डेले गरेको माग बमोजिम यही २० गते अन्तरिम आदेश जारी भएको थियो । अदालतको आदेशका कारण शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको चलचित्रको प्रदर्शन रोकिएको थियो ।
न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले केशव पाण्डेले निर्माता सुवास थापासँग भएको करार कार्यान्वयनका लागि अरु कानुनी बाटो अपनाउन सक्ने नै देखिएको भन्दै चलचित्रको प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टिले उपयुक्त नदेखिएको आदेश दिएको छ ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev