नेपाल आइडलसँग प्रसादको सहकार्य
मंगलबार रिलिज गरिएको गीत बाट निकै चर्चा बटुलिरहेको चलचित्र प्रसाद चर्चित गायन रियालिटी शो नेपाल आइडलसँग जोडिएको छ ।
नेपाली टेलिभिजन कार्यक्रम मध्ये निकै चर्चा बटुलेको नेपाल आइडलमा प्रसाद मुभि पाट्नरका रुपमा जोडिएको हो । बिहिबार प्रसारण भएको आइडलको १३ औं अंकबाट प्रसादले सहकार्य गरेको हो । अब चलचित्र प्रसादको प्रचार नेपाल आइडलका हरेक अंकमा हुनेछन् ।
त्यसो त यसअघि पनि केही चलचित्रले रियालिटी शो मार्फत आफ्नो प्रचार नगरेका होइनन् । यद्यपी मुभि पाट्नरका रुपमै सहकार्य गरेको यो नै पहिलो पटक होला । निर्देशक दिनेश राउत नेपाल आइडलको लोकप्रियताका कारण नै आफुहरुले सहकार्य गरेको बताउछन् ।
त्यसो त नेपाल आइडलकै मञ्चबाट चलचित्रको ट्रेलर पनि सार्वजनिक गरिने भएको छ । मंसिर २१ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टेलर डेढ महिना अघि सार्वजनिक गरिने जनाइएको छ । यस्तै आइडलका प्रतिष्पर्धीले मञ्चमा प्रसादका गीत गाउनुका साथै प्रसादका कलाकर्मीहरु आइडलको मञ्चमै पुगेर आफ्नो चलचित्रको प्रचार गर्ने भएका छन् ।
चलचित्रले अन्तरजातिय विवाह गरेको निःसन्तान दम्पत्ति बीचको माया र सम्बन्धको कथालाइ भन्ने छ । नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत, बसुन्धरा भुषाललगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन । सुवास थापा प्रोडक्सनको व्यानरमा सुवास थापाको निर्माण रहेको चलचित्रमा शिव बिकको कोरियोग्राफी, राजेश श्रेष्ठको छायाँकन र सुशिल पौडेलको लेखन रहेको छ । विकास सुबेदी चलचित्रका एसोसियट निर्देशक हुन ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri