Mansara

यूएईमा प्रसाद : ११ हलमा दैनिक १३ शो, अधिकांश शो हाउसफुल

२०७५ फागुन ५
यूएईमा प्रसाद : ११ हलमा दैनिक १३ शो, अधिकांश शो हाउसफुल

प्रेम दिवस को अवसर पारेर बिहीवारबाट यूएईका ११ वटा चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र प्रसादले उत्साहजनक व्यापार गरेको छ । यूएईबाट प्राप्त जानकारी अनुसार चलचित्रका अधिकांश शोहरु हाउसफुल भएका छन् ।

हलिउड र बलिउडका चलचित्रहरु प्रदर्शन हुने हलमा नै प्रसाद लागेको छ । विकास नेटवर्कको वितरण रहेको चलचित्रलाई विकास सुवेदी र आशिष पुरुषले यूएईमा प्रदर्शनको चाँजोपाँजो मिलाएका हुन । यूएईमा बसोबास गर्ने नेपालीहरुले माझ प्रतिक्षित मानिएको प्रसादलाई अरवी भाषामा सवटाइटल गरेर प्रदर्शन गरिएको छ । चलचित्र हेर्न हलमा नेपाली दर्शकको संख्यामा हरेक दिन वृद्धि भइरहेको तथा विदेशीहरु समेत फाट्ट फुट्ट रुपमा देखिएको सुबेदीले जनाएका छन् । यूएईका ११ ओटा हलमा दैनिक १३ शो पाएको छ । विदेशी भूमिका नेपाली चलचित्रले अन्य देशका चलचित्र जस्तै नियमित प्रदर्शनको अवसर पाउनु आफैमा खुशीको कुरा भएको समेत उनले उल्लेख गरेका छन् ।

नेपालमा सफल व्यापार गरृेको यो चलचित्रले विदेशमा समेत उत्साहजनक दर्शक पाएको छ । अष्ट्रेलिया, अमेरिका, युरोप लगायतका देशमा चलचित्रले निकै राम्रो व्यापार गरेको छ । यूएईमा पनि प्रसादलाई दर्शकले सोही अरुप साथ दिएका छन् ।

एक निःसन्तान दाम्पत्तिको जीवनमा आउने उचारचढावको कथा पेश गरेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन । शुशिल पौडेलको लेखन रहेको चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत, बसुन्धरा भुषाललगायतका कलाकारको अभिनय रहेको छ ।  सुभाष थापाको निर्माण रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन र सुवास भुषालको संगीत रहेको छ । चलचित्रको गीतसंगति निकै लोकप्रिय भएका छन् ।

Mahajatra