आक्रामक व्यापार गर्दै ‘प्रसाद’, जित्यो दर्शकको मन
चलचित्र ‘प्रसाद’ले आक्रामक शुरुवात गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको प्रसादलाई मल्टिप्लेक्सले उपलव्ध गराएका शोहरु हाउस फूल देखिएका छन् । आक्रामक बुकिङका कारण क्यूएफएक्सले शो समेत थप गरेको छ । मल्टिप्लेक्सको ठूलो च्यानल क्यूएफएक्सले शुरुमा १२ शो दिएको भएपनि शो बढाउँदै १६ पुर्याएको छ । वितरकका अनुसार आक्रामक बुकिङ र अक्सर शो हरु हाउसफूल भएका कारण शोहरु थपिएको हो ।
यता सिंगल थियटरमा समेत प्रसाद आक्रामक देखिएको छ । राजधानीका गोपीकृष्ण, अष्टनारायण लगायतका हलहरुमा दर्शकको चाप उच्च भएको जानकारी प्राप्त भएको छ । राजधानी बाहिर पनि प्रसाद अधिकांश हलहरुमा हाउसफूल भएको छ । शुक्रबारको तुलनामा शनिबार प्रसादको व्यापार थप आक्रामक देखिएको छ । सार्वजनिक विदा र माउथ पव्लिसिटीका कारण पनि शनिबार प्रसाद हेर्न दर्शकको चाप उच्च देखिएको हो ।
दिनेश रातउले निर्देशित चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । शनिबार बिहान कलाकार नम्रता श्रेष्ठ, निर्देशक राउत, निर्माता सुभाष थापा सहितको टिम राजधानीका केही हलहरुमा पुगि दर्शकको प्रतिक्रिया लिएको छ । जहाँ दर्शकबाट प्राप्त प्रतिक्रियाले निर्माण टिम निकै उत्साहित देखिएको छ । दर्शकले चलचित्रको विषय वस्तु, प्रसतुति अनि कलाकारको कामको खुलेरै तारिफ गरेका छन् । केही दर्शकले आँसु थाम्न नसकेको जनाएका छन् । शुशिल पौडेलको लेखन रहेको चलचित्रमा बिपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत, बसुन्धरा भुषाललगायतका कलाकारको अभिनय रहेको छ ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev