‘प्रसाद २’को गीत ‘मार्सी धान’ सार्वजनिक
चलचित्र ‘प्रसाद २’मा समाबेश ‘मार्सी धान’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मिलन नेवार र राजनराज सिवाकोटीको स्वर र सिवाकोटीकै शब्द र संगीत रहेको छ । बिक्रम स्वारले कोरियोग्राफी गरेको गीतमा आश्मा विश्वकर्मा र सरोज अधिकारीका साथै चलचित्रका मुख्य पात्रद्वय विपिन कार्की र केकी अधिकारीको नृत्य देख्न सकिन्छ ।
सुदर्शन थापाको निर्देशन रहेको चलचित्रमा सुशील पौडेलको लेखन, राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत, विक्रम स्वारको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
सुभाष थापा प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता सुदर्शन बस्नेत हुन् । चैत २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायतको पनि अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
