Mansara

चलचित्र ‘प्रेम दिवस’को गीत सार्वजनिक

२०७५ माघ ७
चलचित्र ‘प्रेम दिवस’को  गीत सार्वजनिक

चलचित्र ‘प्रेम दिवस’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘तिम्रो छेउ सरुँकी म’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा महाराज थापाको शब्द तथा संगीत र अञ्जु पन्तको स्वर रहेको छ । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतमा प्रियंका कार्कीको नृत्य देख्न सकिन्छ भने अन्तिम एक दृष्यमा आयुष्मान देषराज जोशीलाई गाडीमा मुस्कुराउँदै गरेको देख्न सकिन्छ । इलामको सन्दकपुरका मनमोहक स्थानहरुमा गीतको छायाँकन गरिएको हो ।

योगेश घिमिरे निर्देशित चलचित्र प्रेम कथामा आधारित रहेको छ । कार्यक्रममा प्रियंकाले आफूलाई यो आफुलाई सबैभन्दा बढी मनपर्ने गीत भएको बताइन् । उनले आफुले काम गरेको भएर उक्त कुरा भनेको होइन भन्दै अरुले गरेको भए पनि आफुले यही भन्ने समेत जनाएकी छिन । यस्तै आयुष्मानले समेत यो गीत आफुलाई निकै मन परेको बताए ।

चलचित्रमा विशाल खरेल, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । रोशन श्रेष्ठको द्वन्द्व रहेको चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र मानकृष्ण महर्जनको छायाँकन रहेको छ । रमेश चौधरी र उत्सव ढकाल सहनिर्माता रहेको चलचित्रलाई कलाकार समेत रहेका सञ्जय न्यौपानेले निर्माण गरेका हुन् । चलचित्र जेठ ३ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ ।

Mahajatra