Mansara

रिलिज मिति लक गर्दै ‘प्रेम गीत ३’ निर्माणको घोषणा

२०७६ बैशाख ११
रिलिज मिति लक गर्दै ‘प्रेम गीत ३’ निर्माणको घोषणा

चलचित्र प्रेम गीतको तेस्रो सिरिज ‘प्रेम गीत ३’ निर्माणको औपचारिक घोषणा गरिएको छ । बुधबार चलचित्रको थिम पोष्टर सहित प्रदर्शन मिति लक गर्दै निर्माणको घोषणा गरिएको हो ।

सन्तोष सेनको निर्माण रहने चलचित्र यही वर्षको चैत्र २८ प्रदर्शन हुने जनाइएको छ । नयाँ वर्षको अवसर पारी चलचित्र प्रदर्शन गर्ने घोषणा भएको हो ।
आशुसेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले सयुक्त रुपमा निर्देशन गर्ने जनाइएको छ । थप जानकारी केही दिनमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउने निर्माता सेनले जनाएका छन् ।

सेनले यसअघि ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘प्रेमगीत २’ र ‘मेरी मामु’ लगायतका चलचित्रको निर्माण गरेका छन् भने छेतनले ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘डायरी’, ‘ए मेरो हजुर ३’ जस्ता चलचित्रको लेखन र ‘डमरुको डन्डिवियो’को निर्देशन गरिसकेका छन् । सन्तोषले यसै चलचित्रबाट निर्देशनमा डेव्यु गर्न लागेका हुन् ।

Mahajatra