Mansara

‘प्रेमगीत ३’मा ‘गीत’ बन्ने भइन कृष्टिना गुरुङ

२०७६ आषाढ १५
‘प्रेमगीत ३’मा ‘गीत’ बन्ने भइन कृष्टिना गुरुङ

चलचित्र ‘प्रेम गीत ३’का लागि क्रिस्टिना गुरुङ छनौट भएकी छिन् । निर्माण कम्पनी आशुसेन फिल्म्सले आइतबार क्रिस्टिनालाई छनौट गरेको जानकारी दिएको छ । कम्पनीका प्रमुख सन्तोस सेनले सामाजिक सञ्जाल फेसबुक मार्फत क्रिस्टिनाको क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरेका छन् ।

सहभागी २७ सय बढी प्रतिष्पर्धीबाट टप २५ को अडिसन लिइएको थियो । जसमा क्रिस्टिनाले गीत बन्ने अवसर प्राप्त गरेकी हुन् । चलचित्रलाई सन्तोष सेनले निर्माण गर्नेछन् भने सन्तोष र छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गर्नेछन् ।

 

मुख्य पात्र गीतको छनौट बारे सन्तोष लेख्छन्


लामो समयको पर्खाई पश्चात आज सबै चलचित्रप्रेमीहरुको कौतुहलता मेटिएकोछ । सबैले आफ्नो मनमा अड्कल गरेर बनाएको गीतको आकृतिमा एउटा नाम जोडिन पुगेकोछ त्यो नाम हो – क्रिष्टिना गुरुङ ।

थुप्रै संघर्ष र चुनौतीहरु पार गर्दै अमेरीकाबाट नेपाल अडिसनको लागि आएकी क्रिष्टिनाको २७१४ बाट गीतको लागि चयन हुन उनको प्रतिभा, सुन्दरता र आत्मविश्वासको बयान गर्दछ । हामीले उत्कृष्ट २५ को नामावली सार्वजनिक गरेपछि सबैले आ–आफ्नो रोजाइ र चाहना अनुसार ‘तेश्रो गीत यो बन्नुपर्छ‘ भनी आफ्नो मत राख्नुभएको थियो । बजारमा विभिन्न नामहरु अगाडी आइरहेका थिए तर हामी भने चलचित्रमा सुहाउदो पात्रको खोजीमा नै केन्द्रित रह्यौं ।

क्रिष्टिना गुरुङ्ग अब गीतको पात्रमा देखिने भएपछी बाकि २४ जनामा पनि आ–आफ्नो किसिमको प्रतिभा छ । यो कुनै प्रतिष्पर्धा थिएन र यहाँ सहभागिता जनाएका २५ जना मध्ये सबै समान प्रतिभाशाली हुन्, हामीले चलचित्रको कथाको माग अनुसार सुहाउदो पात्रको खोजि मात्र गरेको हौ । यो कुरा सबैले बुझ्न जरुरी छ । आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा आगामी बन्ने चलचित्रको कथामा सुहाउदो पात्र भय यिनै २५ मध्य नै कोहीले मौका पाउन सक्नेछन । अब हामी ठुलो परिवार भएको महशुस गरेका छौ क्रिष्टिना गुरुङलाई आफ्नै परिवारको दिदी बहिनी सम्झिएर साथ दिनुहोला ।

Mahajatra