Mansara

चलचित्र ‘प्रेमलीला’ को गीत सार्वजनिक

२०७५ कार्तिक २६
चलचित्र ‘प्रेमलीला’ को गीत सार्वजनिक

चलचित्र ‘प्रेमलीला’ को गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत हिन्दी भाषमा छ ।

गीतमा दिपशिखा खड्का र भारतीय मोडल अली खान फिचर्ड छन् । डाक्टर सागरको शब्दमा रवि राज शाहको संगीत रहेको उक्त गीत राजा हसन र सौमी शैलेशले गाएका हुन् । गीतमा पबन गौतमको छायाँकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा दीपशिखा र अलिका अलवा मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मालगायतका कलाकारको अभिनय रहेको छ । दिपशिखाकै कथा तथा लेखन रहेको चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा नानीमैया कार्की र फैजिल फिल्मस्को लगानी रहेको छ ।