Mansara

चलचित्र ‘प्रेम संसार’को मुर्हत

२०७५ पौष ७
चलचित्र ‘प्रेम संसार’को मुर्हत

चलचित्र ‘प्रेम संसार’ बन्ने भएको छ । चलचित्रको राजधानीको भद्रकाली मन्दिरमा पुजा गर्दै मुर्हत गरिएको हो ।

राम गौतमको निर्देशन रहने चलचित्र समाजिक प्रेम कथामा बन्ने जनाइएको छ । सोनी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्रलाई प्रेमबहादुर सुनार र कमल सुनारले निर्माण गर्न लागेका हुन । प्रेम सोनीको कथा लेखन, शंकर महर्जनको द्वन्द्व, रामचन्द्र गौतमको पटकथा÷सम्वाद, बिबि अनुरागीको संगीत, दिपेन वस्नेतको छायाँकन र प्रेम शर्माको सम्पादन रहने चलचित्रमा एकिन्द्र सारा शंकरको नृत्य निर्देशन रहने छ ।

चलचित्रमा प्रेम सोनी, मोनिका दाहाल, विविशा पाण्डे, सोभित बस्नेत, उत्तम केसी, आयुषमा कार्की, रामचन्द्र अधिकारी, शुरवीर पण्डितलगातका कलाकारको अभिनय रहने जनाइएको छ ।