Mahajatra

‘प्रेम संसार’को गीतमा ‘बुगी वुगी’ कि कविता

२०७६ असोज ३०
‘प्रेम संसार’को गीतमा ‘बुगी वुगी’ कि कविता

चलचित्र ‘प्रेम संसार’को गीत सार्वजनिक गरिएको छ । लोक शैलीमा आधारित ‘सुन सुन चम्पा’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत, रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर र एकेन्द्र सारा संसारको कोरियोग्राफी रहेको छ ।

गीतमा टिभी रियालिटी शो ‘बुगी वुगी’ विजेता कविता नेपालीसँगै प्रेम सोनी र मोनिका दाहाललाई प्रस्तुत गरिएको छ । मंसिर १३ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई राम गौतमले निर्देशन गरेका हुन् । चलचित्रमा प्रेम र मोनिकाका अलवा आयुष्मा कार्की, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल वि.कलगायतका कलाकारहरुको अभिनय छ ।

सोनी फिल्म्सको व्यानरमा निर्माण गरिएको चलचित्रमा प्रेम बहादुर सुनार (गहतराज)को लगानी रहेको छ । चलचित्रको कथा पनि उनकैको हो भने छायाँकन दिपेन्द्र बस्न्यातको रहेको छ ।

कमल सुनार र सीता सुनार पनि निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता उतम केसी र देविन गहतराज हुन् ।