Missing: Kt Harayeko Suchana
Juna
Rangi

‘प्रेमगीत ३’ मा राजकुमारको लभ स्टोरी

२०७५ चैत्र १०
‘प्रेमगीत ३’ मा राजकुमारको लभ स्टोरी

चलचित्र ‘प्रेमगीत’को तेस्रो सिरिज ‘प्रेमगीत ३’ को यतिबेला धमाधम स्कृप्टको काम भइरहेको छ । हाल निर्माता सन्तोष सेन सहितको एक टोली पोखरा पुगि स्कृप्टको काम गरिरहेको छ । सम्भवत यसपटक स्कृप्ट लक गरेर मात्र टिम पोखराबाट फर्कने छ ।

चलचित्र अघिल्ला सिरिज जस्तै प्रेम र गीतकै लभ स्टोरीमा निर्माण हुनेछ । यद्यपी यो चलचित्रले बाइसे – चौबिसे राज्य छँदा खेरीको लभस्टोरी भन्ने छ । जहाँ प्रेम अर्थात नायकको भुमिका तत्कालिन राजकुमारको हो । राजकुमारको भुमिकामा रहेको प्रेम र गीतको लभ स्टोरी चलचित्र काठमाडौं र हिमाली भेगमा छायाँकन हुनेछ । छायाँकन शुरु हुने भने अझै केही महिना लाग्न सक्ने निर्माता सन्तोष सेनले जनाएका छन् ।

स्कृप्टको काम सकेपछि कलाकारको छनौट हुनेछ । तत् पश्चात कस्ट्युम तयार गर्न केही समय लाग्ने भएकोले छायाँकन शुरु हुन केही समय लाग्ने भएको हो । चलचित्रमा प्रदिप खड्का रहने लगभग पक्का जस्तै छ । अन्य कलाकारको सम्वन्धमा भने निर्माण टिमले औपचारिक रुपमा केही बोलेको छैन । यद्यपी राजेश हमाललाई अफर गरिएको तर, फाइनल स्कृप्ट दिन नसक्दा हमालले साइन नगरेको बुझिएको छ ।

Kumari Bank