Mahajatra

चलचित्र ‘प्रेमलीला’को गीत ‘मिस गरेँ’ सार्वजनिक

२०७५ मंसिर २८
चलचित्र ‘प्रेमलीला’को गीत ‘मिस गरेँ’ सार्वजनिक

चलचित्र ‘प्रेमलीला’को दोश्रो गीत सार्वजनिक भएको छ । भिडियो साझेदारी सञ्जाल युट्युब मार्फत आइतबार चलचित्रमा समावेश ‘मिस गरेँ’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा दिपशिखा खड्का र मौसम खड्का प्रस्तुत भएका छन् । गीतमा डा कृष्णहरी बरालको शब्द, हरी लम्सालको संगीत र युवराज चौलागाई र मेलिना राईको स्वर रहेको छ । 

अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्रमा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रमा दीपशिखा र मौसमका अलवा भारतीय मोडल अली खान, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ ।

दीपशिखाकै कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई नानीमैया कार्की र फैजिल फिल्म्सले निर्माण गरेको हो । माघ २५ गतेबाट चलचित्र प्रदर्शन हुने जनाइएको छ ।